आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता

काठमाडौँ – आयरल्याण्डविरूद्धको तीन खेलको वान डे सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।पहिलो वान डेमा बिहीबार आयरल्याण्डलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिजमा १-० को अग्रता लिएको हो । १ सय ७३ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले २२.१ ओभर बाँकी छँदै जीत निकाल्यो ।एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्याण्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।यसअघि आयरल्याण्डलाई सस्तोमा समेट्न डेबिड विलीले पाँच विकेट लिए ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com