इंग्ल्यान्ड २ सय १९ रनमा अलआउट

एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड सस्तैमा अलआउट भएको छ ।म्यानचेस्टरमा शुक्रबार इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय १९ रन जोड्दा अलआउट भएको हो ।

इंग्ल्यान्डलाई अलआउट गरेपछि पाकिस्तानले पहिलो इनिङ्समा १ सय ७ रनको अग्रता बनाएको छ ।पाकिस्तान बलर चम्किएपछि इंग्ल्यान्डका ओली पोपले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्नु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।

इंग्ल्यान्डका जोस बट्लर ३८ तथा स्टुवार्ड ब्रोड २९ रनमा अविजित रहे ।पाकिस्तानका यासिर शाहले ४ विकेट लिए । यस्तै मोहमद अब्बास र शादब खानले २/२ विकेट लिए ।यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।

पाकिस्तानको उच्च योगफलमा शान मासुदले शतकीय इनिङ्स खेले । ३ सय १९ बलको सामना गरेको मासुदले १ सय ५६ रन बनाए ।यस्तै बाबर आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा शादब खानले ४५ रन बनाए । अबिद अलिले १६ जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।इंग्ल्यान्डका जोफ्रा आर्चर र स्टुवार्ड ब्रोडले ३/३ विकेट लिए । यस्तै क्रिस वोक्सले २ विकेट लिए ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com