उल्भ्सलाई हराउँदै सेभिल्ला सेमिफाईनलमा

एजेन्सी । स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो ।बराबरीतर्फ उन्मुख खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा उल्भ्सले पराजय भोग्यो । खेलको ८८ औ मिनेटमा एभर बनेगाको क्रसलाई सदुपयोग गर्दै लुकास ओकम्पोसले हेडमार्फत सोभिल्लालाई जित दिलाएका हुन् ।सेभिल्लाले अब फाईनल प्रवेशका लागि आईतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ । नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए । उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौ स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।५ पटकको सेभिल्ला पछिल्ला १९ खेलमा अपराजित छ । उसले आईतबार प्रशिक्षक आले गुनर सोल्सायरको क्लब म्यान्चेष्टर युनाईटेडलाई चुनौती दिनेछ ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com