एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पे च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा एटलान्टाबिरुद्धको खेलमा फर्कन सक्ने बताईएको छ ।पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार एम्बाप्पे खुट्टाको चोटबाट निको हुँदै मैदान फर्कने तयारीमा छन् । प्रशिक्षक थोमस टुचेलले कुनै ठुलो समस्या नभएमा एम्बाप्पे एटलान्टाबिरुद्ध खेल्न सक्ने बताएका छन् ।
पछिल्लो समय टुचेलले एम्बाप्पेलाई ईटालिन क्लबबिरुद्धको खेलमा बेन्चमा राखिने बताएका थिए ।‘एम्बाप्पेको साथमा खेल सक्ने सम्भावनालाई लिएर हामी खुसी छौ ।’ टुचेलले भनेका छन् ।‘एम्बाप्पे फर्कदा नेयमारलाई उनी जस्तै खेल्ने ब्यक्ति प्राप्त हुनेछ ।’ उनले थपेका छन् ।
फ्रान्सेली विश्व विजेता टोलीका सदस्य एम्बाप्पेले जुलाई २४ मा फ्रेन्च कपको फाईनलमा चोट बोकेका थिए । सेन्ट एटियनबिरुद्ध खेल्दा उनले पैतलामा चोट लागेको थियो ।च्याम्पियन्स लिगको अन्तिम ८ मा मैदान उत्रने पीएसजीको टोलीमा एम्बाप्पे समेत समावेश छन् ।
कतारी लगानीकर्ताले क्लबको नेतृत्व लिएको दशक बितेपछि पीएसजीले युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्न सकेको छैन ।नेयमार प्रेरित पीएसजीले प्रि–क्वार्टरफाईनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको हो ।