पहिलो हाफमा रियल र सिटीको बराबरी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस च्याम्पियन रियल म्याड्रिडबीच जारि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । समग्रमा सिटी ३-२ ले अगाडी रहेको छ ।

खेलको सुरुवाती समयमा नै म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडविरुद्ध अग्रता बढाएको थियो । पहिलो लेग २-१ ले जितेको सिटीले रहिम स्टर्लिङको गोलमा अग्रता लिएको हो । रियलको डिफेन्समा तालमेल नमिल्दा सिटीले त्यसको फाइदा उठाउन सफल रहयो ।

फरवार्ड ग्याब्रीएल जेससले राफाएल भारानबाट पेनाल्टी क्षेत्रभित्र बल खोस्न सफल रहे । उक्त बललाई उनले स्टर्लिङलाई पास दिएपछि इंग्लिस विंगरले सहजै गोल गर्दै सिटीलाई बलियो स्थितिमा पुर्याए । १८ औं मिनेटमा रहिमले नै गोलअन्तर बढाउने अवसर पाएपनि क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै रियललाई खेलमा कायम राखे ।

२१ औं मिनेटमा सिटीका गोलरक्षक एडरसनले एक मिनेटको अन्तरमा दुई बचाउ गर्दै सिटीको अग्रता जोगाए । दुवै अवसरमा बेन्जेमाको प्रहारलाई एडरसनले राम्रो बचाउ गरेका थिए ।

खेलको २८ औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । युवा विंगर रोड्रीगोको उत्कृष्ट मुभमा फरवार्ड करीम बेन्जेमाले रियललाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रबाहिर बल पाएका रोड्रीगोले अगाडि बढाएर दिएको चिप क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गरेका थिए ।

३३ औं मिनेटमा काइल वाल्करले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयासले पोस्टको दिशा लिन सकेन । ३६ औं मिनेटमा सिटीका जोआओ कान्चेलोको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com