फुटबल टिमको प्रशिक्षण अन्योलमा

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कप फुटबलको छनोटका छनोटका तयारीका लागि भदौ १ गतेदेखि सुरु गर्ने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अन्योलमा परेको छ।

कोरोना प्रकोप झन बढेपछि निर्णय सोमबार निर्णय गर्दै भदौ १ गतेदेखि खुल्ने भनेको सम्पूर्ण क्षेत्र १५ गतेसम्म बन्द गरेपछि राष्ट्रिय टिमको प्रशिक्षण अन्योलमा परेको हो। सरकारले साउन ५ गते चारमहिना लामो लकडाउन साउन ६ देखि अन्त्य गर्र्दै भदौ १ गतेदेखि यातायात, व्यवसाय, खेलकुद प्रशिक्षण खोल्ने निर्णय गरेको थियो।

भदौ १देखि प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ खेलाडीलाई क्वारेन्टाइनमा क्वारेन्टाइनमा राखेको छ । खेलाडीसहित अन्य स्टाफहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई सातदोबाटोस्थित एन्फा होस्टलमा सार्ने तयारी एन्फाले गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको जोखिम बढेको भन्दै खेलकुदका सबै गतिविधि बन्द गर्ने निर्णय गरेपनि राष्ट्रिष्यको प्रशिक्षण स्थगित नभइसकेको एन्फा प्रवक्ता किरण राईले बताए । ‘सरकारले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो, तर फुटबल टिमको प्रशिक्षण स्थागित भएको छैन’, उलने भने, ‘प्रशिक्षण तत्काल स्थागित हुने–नहुने विषयमा छलफल गरेर निर्णय गर्छौं।’

नेपालले घरेलु अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने तालिका छ । तर, विश्वकप छनोटको नयाँ प्रस्तावपछि तीनवटै खेल नेपालमा नहुने सम्भावना बढेको छ। दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदा नेपालले कुवेतसँगको होम खेल भुटानमा खेलेको थियो।

सन् २०२२ को विश्वकप र सन् २०२३ को एसियन कप छनोटमा नेपाल समूह बीमा छ। नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । नेपालले छनोटका ५ खेल खेलिसकेको छ, जसमा नेपालले एकमा जित र चार खेलमा पराजित भएको छ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com