एजेन्सी । युक्रेनी क्लब शख्तर डोनेस्क युरोपा लिग फुटबलको अन्तिम ४ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा बासेलमाथि ४–१ को जित निकाल्दै शख्तर प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको हो ।
बासेलमाथि एकतर्फी जित निकाल्ने क्रममा शख्तरले सुरुवातबाटै खेलमा दबाब बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा जुनियर मोरासोमोरासले शख्तरलाई अग्रता दिलाएका थिए ।टाईसनले २२ औ मिनेटमा शख्तरको अग्रतालाई दोब्बर बनाउने काम गरे ।७५ औं मिनेटमा लोरिन्सोले पेनाल्टीमार्फत युक्रेनी क्लबलाई ३–० को अवस्थामा पुर्याएका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ डोस सान्तोषले शख्तरका लागि चौथो गोल गरेका थिए ।खेलको ईन्जुरी समयमा रिकी भान वोल्फ्सविंकलले बासेलका लागि एक गोल फर्काएका थिए ।शख्तरले सेमिफाईनलमा ईन्टर मिलानसंग मंगलबार खेल्नेछ ।