भान पर्सी फायनुर्डको प्रशिक्षक

एजेन्सी । नेदरल्यान्ड्सका पूर्व कप्तान रोबिन भान पर्सी डच क्लब फायनुर्ड फर्किएका छन् ।आर्सनल तथा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड भान पर्सी प्रशिक्षकको रूपमा फायनुर्ड फर्किएका हुन् ।भान पर्सीले सन् २०१८/१९ को सिजन फायनुर्डबाट व्यवसायिक फुटबल खेलेका थिए ।

फायनुर्ड छाडेपनि भान पर्सी क्लब बिहिन रहेका थिए ।तर, भान पर्सीलाई फायनुर्डले मुख्य प्रशिक्षक डिक एड्भोकाटको सहायकको रुपमा क्लब फर्काएको हो ।३७ वर्षीय भान पर्सीले फायनुर्डबाटै व्यवसायिक फुटबलको यात्रा सुरु गरेका थिए ।

उनले सन् २००४ देखि २०१२ सम्म आर्सनलबाट खेलेका थिए । त्यसपछि उनले तीन सिजन युनाइटेडका लागि खेलेका थिए ।भान पर्सीले नेदरल्यान्ड्सका लागि १ सय २ खेलमा ५० गोल गरेका छन् ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com