एजेन्सी । म्यानचेस्टर सिटी तथा बार्सिलोनाका लेजेण्ड याया टोरेले आफुलाई अनुबन्ध गर्न भारतीय क्लबहरुलाई प्रस्ताव राखेका छन् इन्डियन सुपर लिग (आईएसएल) को नयाँ सिजनका लागि मिडफिल्डर टोरेले आफुलाई अनुबन्ध गर्न भारतीय क्लबलाई प्रस्ताव गरेका हुन् । टाइम्स अफ इन्डियाका अनुसार टोरेले दुई आईएसएल क्लबलाई अनुबन्धको लागि प्रस्ताव गरेको जनाएको छ ।आइभरी कोस्टका ३७ वर्षीय टोरेले गोआ एफसी र बेंगलुरु एफसीलाई अनुबन्धको लागि प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । तर, टोरेको तलब महँगो भएको कारण दुवै क्लबले प्रस्तावलाई अस्विकार गरेको बताईएको छ ।’हामी आश्चर्यमा परेका थियौं । उनी इन्डिया आउन चाहन्छन् । यद्दपी उनको तलब महँगो हुने कारणले हामीले उनलाई पछ्याएनौं,’ गोआका फुटबल डिरेक्टर रभी पुस्करले भने । टोरे अहिले चिनियाँ क्लबबाट खेलिरहेका छन् । चीन आउनु अघि सन् २०१० देखि २०१८ सम्म उनले सिटीका लागि खेलेका थिए ।यस्तै उनले २००७ देखि १० सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए ।