मुजिबले सन्दीपको टोलीबाट सिपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका स्टार स्पिनर मुजिब उर रहमानले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजबाट खेल्ने भएका छन् दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सी कोरोना महामारीको कारण उडान प्रतिबन्धको कारण सिपिएल खेल्न नसक्ने भएपछि मुजिबले जमैकाबाट खेल्ने भएका हुन् । १९ वर्षिय मुजिब विश्वस्तरिय स्पिनर हुन् । मुजिबले अफगानिस्तान र विश्वका चर्चित फ्रेन्चाइज लिगमा उच्च प्रर्दशन गर्दै आएका छन् । मुजिबको आगमनले जमैकाको बलिङ झनै मजबुत बन्ने छ । सिपिएल भदौ २ देखि २५ सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदै छ । सिपिएल खेल्न सन्दीप एक हप्ता अघि त्यसतर्फ लागिसकेका छन् । सन्दीपलाई अक्सनमा जमैकाले एक करोड भन्दा बढि मूल्यमा अनुबन्ध गरेको थियो । जमैकाले सिपिलएलमा दुई पटक उपाधि जितेको छ । सन् २०१३ को पहिलो संस्करण र २०१६ मा उपाधि जितेको थियो । दुवै पटक फाइनलमा जमैकाले गुयाना एमेजन वारियर्सलाई हराएको थियो । जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशन थोमस जस्ता स्टार खेलाडी छन् । सिपिएलमा दुइ सेमिफाइनल र एक फाइनल गरि कुल ३३ खेल हुने छन् । सबै खेल समर्थक विनाको रंगशालामा हुने छ । जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ । १ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरम हुँने छ ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com