युएई जानुअघि चेन्नईले खेलाडीलाई क्याम्पमा राख्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि युएईमा जानुअघि चेन्नई सुपर किङ्सले छोटो समयको क्याम्प संचालन गर्ने भएको छ ।चेन्नईले भारतमा रहेका आफ्ना खेलाडी समेटेर युएई जानुअघि चेन्नईमा करिब एक साताको क्याम्पमा राख्ने भएको हो । चेन्नईले अगस्ट १६ बाट क्याम्प संचालन गर्ने योजना बनाएको बताएको छ ।'हामी चेन्नईमा अगस्ट १६ देखि २० सम्म क्याम्प चाहन्छौ । अनुमतिका लागि हामीले तमिल नाडु सरकारसँग निवेदन दिएका छौँ,' चेन्नईका सीईओ कासीले भनेका छन् । प्रतियोगिताको लागि भने चेन्नई अगस्ट २१ मा युएई जाने बताईएको छ ।कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ । भारत सरकारले भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई युएईमा प्रतियोगिता आयोजनाको लागि अनुमति समेत दिईसकेको छ ।यस्तै प्रतियोगिताको लागि राजस्थान रोयल्सको टिम अगस्ट २०, मुम्बई इन्डियन्स अगस्ट २१ तथा किंग्स इलाभेन पन्जाब र दिल्ली क्यापिटल्स अगस्ट २१ र २२ सम्ममा युएई जाने बताईएको छ ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com