युभेन्ट्समा रोनाल्डोको अर्काे कीर्तिमान !

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले सिरि ए क्लब युभेन्ट्समा नयाँ कीर्तिमान कायम राखेका छन् ।च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा लियोनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान कायम राखेका हुन् ।रोनाल्डोले एकै सिजनमा युभेन्ट्सबाट सर्वाधिक गोल गर्ने कीर्तिमान कायम राखेका हुन् । उनले यस सिजनमात्र युभेन्ट्सबाट ३७ गोल गरेका छन् । रोनाल्डोले ९५ बर्षको पुरानो कीर्तिमान ताेड्दै युभेन्ट्सका लागि एकै सिजनमा सर्वाधिक गोलकाे कीर्तिमान आफ्नो नाममा लेखाएका छन् सन् १९३३-३४ को सिजनमा युभेन्ट्सका लागि फेलिस प्लासीडो बोरेलले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेका थिए ।रोनाल्डोले यस सिजन युभेन्ट्सलाई सिरि एको च्याम्पियन बनाउन युभेन्ट्सबाट सर्वाधिक गोल गरे । रोनाल्डोबाटै प्रेरित युभेन्ट्सले लगातार नवौं पटक सिरि एको उपाधि हात पार्न सफल भएको हाे । तर राेनाल्डाेकाे दुई गाेलका बाबजुत युभेन्ट्स यस सिजन समेत च्याम्पियन्स लिगका अघि बढ्न सकेन ।

답글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com