एजेन्सी । क्रिस्टियानो रोनाल्डोले सिरि ए क्लब युभेन्ट्समा नयाँ कीर्तिमान कायम राखेका छन् ।च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा लियोनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान कायम राखेका हुन् ।
रोनाल्डोले एकै सिजनमा युभेन्ट्सबाट सर्वाधिक गोल गर्ने कीर्तिमान कायम राखेका हुन् । उनले यस सिजनमात्र युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।रोनाल्डोले ९५ बर्षको पुरानो कीर्तिमान ताेड्दै युभेन्ट्सका लागि एकै सिजनमा सर्वाधिक गोलकाे कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
सन् १९३३-३४ को सिजनमा युभेन्ट्सका लागि फेलिस प्लासीडो बोरेलले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेका थिए ।रोनाल्डोले यस सिजन युभेन्ट्सलाई सिरि एको च्याम्पियन बनाउन युभेन्ट्सबाट सर्वाधिक गोल गरे ।
रोनाल्डोबाटै प्रेरित युभेन्ट्सले लगातार नवौं पटक सिरि एको उपाधि हात पार्न सफल भएको हाे । तर राेनाल्डाेकाे दुई गाेलका बाबजुत युभेन्ट्स यस सिजन समेत च्याम्पियन्स लिगका अघि बढ्न सकेन ।