रोनाल्डोलाई ‘मोस्ट भ्यालुएबल प्लेयर’ अवार्ड

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘मोस्ट भ्यालुएबल प्लेयर’ अवार्ड प्राप्त गरेका छन् ।सन् २०१९/२० को सिजन युभेन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् ।

युभेन्ट्सले सोमबार रोनाल्डोलाई ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषणा गरेको हो ।रोनाल्डोले यस सिजन सिरी ‘ए’ फुटबलमा ३० गोल गरेका थिए ।

युभेन्ट्सले सिरी ‘ए’ लिगको उपाधि जित्दा रोनाल्डोले नायकत्वको भूमिका खेलेका थिए ।तर, युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com