लियोन र सिटीलाई अग्रता, रियल म्याड्रिड र युभेन्टस समस्यामा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब ओलम्पिक लियोनले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगको खेलमा अग्रता लिएका छन् ।

पहिलो लेग १-० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको हो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसअघि खेलको आठौं मिनेटमा लियोनका मिडफिल्डर हुसेम औआरको प्रहारलाई गोलरक्षक वोज चिएक सेचेज्नीले बचाउँदै कर्नर बनाए । लगत्तै रोनाल्डोको प्रहार बाहिरीएपनि उनी अफसाइड ठहरिएका थिए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडविरुद्ध अग्रता बढाएको छ । पहिलो लेग २-१ ले जितेको सिटीले रहिम स्टर्लिङको गोलमा अग्रता लिएको हो । रियलको डिफेन्समा तालमेल नमिल्दा सिटीले त्यसको फाइदा उठाउन सफल रहयो ।

फरवार्ड ग्याब्रीएल जेससले राफाएल भारानबाट पेनाल्टी क्षेत्रभित्र बल खोस्न सफल रहे । उक्त बललाई उनले स्टर्लिङलाई पास दिएपछि इंग्लिस विंगरले सहजै गोल गर्दै सिटीलाई बलियो स्थितिमा पुर्याए । सिटी समग्रमा ३-१ गोलअन्तरले अगाडी रहेको छ ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com