सन् २०२१ को विश्वकप भारतले आयोजना गर्ने, अस्ट्रेलियामा सन् २०२२ मा

सन् २०२१ को टि–२० विश्वकप क्रिकेटको आयोजना भारतले आयोजना गर्ने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र क्रिकेट अस्ट्रेलियाका प्रमुखसहित भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को शुक्रबार बसेको बैठक सन् २०२१ को टि–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

सोही बैठकले अस्ट्रेलियाले सन् २०२२ को टि–२० विश्वकप आयोजना गर्ने निर्णय भएको छ । यसअघि आईसिसीले कोरोना कारण स्थगित भएको टि–२० विश्वकप अस्ट्रेलियामा सन् २०२१ मा गर्ने निर्णय गरेको थियो ।

आईसिसीले भनेको छ, ‘आईसिसी यसबारेमा पुष्टी गर्छ कि कोरोना भाइरसका कारण स्थगित भएको टि–२० विश्वकप अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ । भारतमा हुने टि–२० विश्वकप सन् २०२१मा पूर्वनिर्धारित तालिकामै हुने छ ।’

सन् २०२१ को टि–२० विश्वकप अक्टोबर–नोभेम्बरममै हुने छ । प्रतियोगिताको फाइलन १४ नाभेम्बरमा हुने छ । यस्तै, अस्ट्रेलियामा हुने सन् २०२२ को विश्वकप पनि अक्टोबर–नोभेम्बरममै हुने छ भने फाइनल १३ नोभेम्बरमा हुने तालिका छ ।

यसैगरी आईसिसीले न्युजिल्यान्डमा हुने भनिएको सन् २०२१ को एकदिवसीय महिला विश्वकप पनि एकवर्ष पछि सारेको छ । अब यो प्रतियोगितामा सन् २०२२ को ६ फेब्रुअरीदेखि ७ मार्चसम्म न्युजिल्यान्डमै हुने भएको छ ।

댓글 남기기 0

Your email address will not be published. Required fields are marked *


WP2Social Auto Publish Powered By : XYZScripts.com